विज्ञापन

नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

Image

काठमाडौँ — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २ हजार १ सय ५५.८२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.३३ प्रतिशतले कम हो । बुधबार १२.१० अंकले घटेको नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

बुधबार समग्र नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको थियो । बिहीबार भने नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

गत आइतबार र मंगलबार भने सेयर बजार उच्च अंकले बढेको थियो । सोही क्रममा मंगलबार नेप्से पछिल्लो ६ महिनायताकै उच्च विन्दुमा पुगेको थियो । तर, त्यो सुधारले बुधबार र बिहीबार निरन्तरता पाउन सकेन । यी दुई दिनमा मात्र नेप्से करिब साढे १९ अंकले घटेको छ ।

बिहीबार ३ लाख ४ हजार २३ वटा कारोबारबाट २ करोड ११ लाख २५ हजार ७ सय ७८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । बुधबार सेयर बजारमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ३ वटाको बढेको छ भने अन्य सबै ओरालो लागेका छन् । उक्त दिन हिमालयन रि–इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको नेप्सेले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन