विज्ञापन

विश्व वातावरण दिवसमा राजापुरमा विविध कार्यक्रम, वातावरण अभियन्ता सम्मानित

Image

राजापुर, बर्दिया । विश्व वातावरण दिवस २०२६ को अवसरमा राजापुर नगरपालिकामा विविध कार्यक्रम गरी दिवस मनाइएको छ। प्लान नेपालको आर्थिक सहयोग, बाँके युनेस्को क्लबको सहजीकरण तथा राजापुर नगरपालिकाको आयोजनामा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका हुन्।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा प्राकृतिक स्रोतको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सबै नागरिक, संघसंस्था तथा स्थानीय तहले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए। उनले हरित अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्दै वातावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपण, फोहोर व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिएका थिए। साथै ग्रीन इकोनोमी परियोजनामार्फत स्थानीय स्तरमा वातावरण संरक्षण र हरित रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगिरहेको बताइएको थियो।

दिवसको अवसरमा आयोजित कार्यक्रमले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै संरक्षण अभियानमा सक्रिय व्यक्ति तथा संस्थाहरूलाई थप उत्साहित बनाएको आयोजकले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन