भजनी/कैलाली — भजनी नगरपालिका–९ गन्जहुवा क्षेत्रस्थित सरस्वती सामुदायिक वनभित्र बिहीबार दिउँसो एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।
लम्की तालको छेउमा रुखको टाटामा लुकाइ–छिपाइ राखिएको अवस्थामा उक्त एकनाले भरुवा बन्दुक इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले फेला पारेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार बन्दुक नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान जारी छ।






















