टीकापुर/कैलाली — टीकापुरमा बिहीबार दिउँसो मलद्वारमा लुकाइ–छिपाइ ६ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बोकेर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार संकास्पद रूपमा आइरहेको व्यक्तिलाई चेकजाँच गर्दा हेरोइन बरामद गरिएको हो।
प्रहरी चौकी कालाकुण्डाको बिटमा रोकिएको उक्त युवक लम्कीचुहा नगरपालिका–१ का २८ वर्षीय सेराज सल्मानी रहेको प्रहरी इन्चार्ज चक्रबहादुर सिंहले जानकारी दिए।
पक्राउ परेका सल्मानीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा हिरासतमा राखिएको डिएसपी डाँगीले बताए।























