टीकापुर, कैलाली— मलद्वार र हातमा लुकाएर हेरोइन ल्याउँदै गरेको अवस्थामा टीकापुर–खक्रौला क्षेत्रमा ३ युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज डीएसपी प्रकाश डाँगीका अनुसार जाँचका क्रममा टीकापुर–८ का ३१ वर्षीय प्रबिन साउँद र २६ वर्षीय धनबहादुर चौधरीबाट खैरो हेरोइन फेला परेको हो।
यस्तै टीकापुर–९ का कृष्ण साउँदलाई खक्रौलाबाट थप ४.८० ग्राम हेरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा हिरासतमा राखिएको छ।























