विज्ञापन

राजापुर नगरपालिकामा सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रम

Image

राजापुर / जनस्वास्थ्य र जनजिवनमा प्रत्यक्ष असर पर्ने गरी नगर क्षेत्रमा भएका घुमुवा कुकुरहरुको व्यवस्थापनका लागी राजापुर नगरपालिकाले बन्ध्याकरण कार्यक्रम सम्पन्न गरेको छ । कुकुरको संख्या बढ्दै जाँदा समुदायमा देखिएको असुरक्षा, सवारी दुर्घटना, बच्चा र वृद्धवृद्धाहरुमाथी आक्रमण लगायतका घटना बढी रहेको पछिल्लो अवस्थामा समस्याको समाधान खोज्नै उद्देश्यले नगरपालिका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेको हो ।

नगरपालिकाको पशु सेवा शाखाको संयोजनमा सम्पन्न उक्त बन्ध्याकरण कार्यक्रममा होराइजन भेट क्लिनीक एण्ड सप, नेपालगञ्ज बाँकेको सहकार्य रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा बन्ध्याकरण गरिने कुकुरलाई समातेर सुरक्षित रुपमा एनेस्थेसियाको प्रयोग सहित शल्यक्रिया गरी बन्ध्याकरण गरिएको थियो ।

कार्यक्रम सफल बनाउन राजापुरमा पालिएका घरेलु कुकुरहरुलाई उनका मालिकहरुले ल्याइ सहकार्य गरेका थिए भने छाडा कुकुरलाई समात्ने, सुरक्षित स्थानमा राख्ने, शल्यक्रिया पछि निगरानी गर्ने जस्ता कार्यहरु व्यवस्थित ढंगले गरिएको थियो ।
यस किसिमको पहलले राजापुर नगरपालिकालाई जनस्वास्थ्यमैत्री र पशुहितमैत्री नगरको रुपमा स्थापित गर्न मद्दत पुग्ने छ । बन्ध्याकरण केवल जनसंख्या नियन्त्रणको उपाय मात्र होइन, यसले कुकुरको स्वास्थ्य अवस्था पनि दिर्घकालिन रुपमा सुधार गर्छ । अनियन्त्रित प्रजननले कुकुरहरुमा भोक, रोग र आक्रोश बढाउँछ, जसले गर्दा तिनले मानिसहरुमाथि आक्रमण गर्छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन