
टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा न ७ कृषकहरुलाई सिचाईका लागि बोरिङ्ग बितरण गरेको छ । टीकापुर नगरपालिका वडा न ७ को ७५ प्रतिशत अनुदानमा वडाका विभिन्न समुदायका १६ जना कृषकलाई सिचाईका लागि बोरिङ्ग बितरण गरिएको टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने जानकारी दिनुभएको छ । हिउदे र वर्षा खेती गर्ने कृषकलाई सिचाई सुबिधा नभएका स्थानमा बोरिङ्ग बितरण गरिएको वडाअध्यक्ष न्यौपानेले बताउनु भयो ।
टीकापुर नगरपालिका वडा न ७ को आयोजना टीकापुर नगरपालिका कृषि शाखाको प्राबिधिक सहयोगका बोरिङ्ग बितरण गरिएको हो । टीकापुर नगरपालिक वडा न ७ मा चैते धानलाई प्रोहत्सान दिने उदेश्यका साथ सिचाईका लागि बोरिङ्ग बितरण गरिएको समेत वडा अध्यक्ष न्यौपानेले जानकारी दिनु भएको छ ।























