विज्ञापन

सनकट्टी घाटको पुल निमार्णको काम झण्डै ६० प्रतिशत सम्पन्न

Image

 गेरुवा / बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टिकापुर जोड्ने सनकट्टी घाटको पुल निमार्णको काम झण्डै ६० प्रतिशत सम्पन्न भएको इन्जिनियर धिरेन्द्र साहानीले बताउनु भयो  । २०७९ साल पुसमा सम्झौता भएको पुल निमार्णको काम २०८० पुसबाट सुरु गरिएको थियोे ।

शुक्रबार सनकट्टी घाटको पुलको सामाजिक विकास मन्त्रि जन्मजय तिमिसेनाले अनुगमन गर्न भएको छ । उहाँले गुणस्तरिय सामाग्री प्रयोग गरी निर्धारित समयमा काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
४८ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको पुलको हालसम्म १३ वटा पिलरको काम सकिएको छ ।  भने तेस्रो र चौथौ स्पान निमार्णको काम चलिरहेको छ । पुल रसुवा कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड झापासी काठकाण्डौले ठेक्का लिएको छ । सनकट्टी घाटको पुल निर्धारित समयमा निमार्ण हुने जनाइएको छ ।

पुल निमार्ण भएपछि कैलालीको टिकापुर र गेरुवा गाउँपालिकाका स्थानियहरुलाई आवतजावतमा सहजता मिल्नुका साथै आन्तरिक व्यापार बढ्ने अपेक्षा गरिएको छ
७५२ दशमलव ६२ मिटर लामो र ११ मिटर चौडाइ रहेको सनकट्टी घाटको पुलको लागत भ्याटसहित १ अर्व १८ करोड रुपैया रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन