विज्ञापन

कैलालीको सत्तीमा दैनिक बाघ आतंक

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्ती लगायत आसपासका क्षेत्रमा दैनिक बाघले आतंक मच्चाउदै आएको छ । साझ करिब ८ बजे को समयमा बाघ गाउँ पसेर घर पालुवा जनावरमाथि आक्रमण गर्ने गरेको स्थानिय नवराज जैशीले बताए ।

गाउँ नजिकै रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहबाट दैनिक गाउँ पस्ने बाघले स्थानियका घरपालुवा जनावर माथि आक्रमण गर्ने र आफ्नो आहारा बनाउने गरेको स्थानिय योगेन्द्र प्रसाद ढुङ्गानाले बताए । बाघले आज राती टीकापुर नगरपालिका वडा न ७ पदमपुरका प्राङकुश चौधरीले पालेको कुकुर मारेको छ ।पदमपुर घर देखि करिब १ किलोमिटर टाढा जंगल नजिक पुरयाएको र पेट फुटाएको अवस्थामा फेला परेको चौधरीले बताएका छन ।

शनिबार कैलालीको टीकापुरको केरा बारीमा चितुवा मृत भेटिएको थियो ।टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित महेश रावलको केरा बारीमा मृत अवस्थामा चितुवा भेटिएको थियो । मृत भेटिएको चितुवा गन्हाउने अवस्थाको रहेको र चितुवाको पछाडिको खुट्टा छुट्टिएको र पेट फुटेको अवस्थाको थियो । मृत चितुवाको टाउकोमा चोटपटक लागेको अवस्थामा थियो । स्थानियका अनुसार मृत चितुवाको अवस्था हेर्दा ठुलो चितुवाले आक्रमण गरि मारेको हुन सक्ने आशंका गरिएको छ । केही महिना यता टीकापुर नगरपालिका वडा न ७ र ८ मा बाघ र चितुवाको आतंक रहेको छ ।

बाघले स्थानीयका घरपालुवा जनावर खानेको गरेको छ ।दैनिक रुपमा बाघ गाउँ पसेर स्थानियका घरपालुवा जनावर माथि आक्रमण गर्ने गरेको र यसरी केरा बारीमा चितुवा मृत भेटिएपछि स्थानियमा त्रास फैलिएको छ । कुन दिन बाघले मानिसलाई आक्रमण गर्ने हो चिन्ताको बिषय बनेको टीकापुर ७ का स्थानिय महेश रावलले बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन