टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले चालू आर्थिक बर्षको ६ महिनामा करिब ७ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । सत्ती भन्सार कार्यालयले आर्थिक बर्ष २०८१र८२ को श्रावण महिनामा ७६ लाख ५० हजार ५ सय १४ रुपैया , भाद्र महिनामा १ करोड २८ लाख २ सय ७ रुपैया , असोज महिनामा १ करोड ३५ लाख ९० हजार, कार्तिक महिनामा १ करोड ४३ लाख१५ हजार ,मंसिर महिनामा १ करोड ६७ लाख २ हजार पौष महिनामा १ करोड ६२ लाख ७४ हजार रुपैया गरि चालू आर्थिक वर्षको ६ महिनामा ७ करोड ३३ लाख १ हजार रुपैया राजस्व संकलन गर्न सफल भएको सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरी सापकोटाले जानकारी दिनु भएको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले कपडा, हार्डवेयर ,मोटर पार्टस कम्बाईन ९ हार्बेष्ट ० लगायत घरायसी प्रयोजनका लागि ल्याईने सामान र साना साईकल ब्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरिएको नायब सुब्बा पदम राज भट्टले जानकारी दिनु भयो । पछिल्लो समय सिमा नाकामा खटिएका प्रहरीले सिमा नाकामा कडाई गरेकाका कारण राजस्वमा बृदि भएको जानकारहरु बताउछन ।यस क्षेत्रबाट आयात हुने विभिन्न सामान नेपाली बजार टीकापुर , लम्की, बौनिया लुम्बिनी प्रदेशको राजापुर शान्तिबजार लगायतका ठाउँ जाने गरेको स्थानियको भनाई रहेको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले गत आर्थिक बर्षमा १२ करोड १ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० करोड २ लाख ४२ हजार राजस्व संकलन गरेको थियो भने चालू आर्थिक बर्षमा १२ करोड ७ लाख ३२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।भजनी क्षेत्रमा विभिन्न स्थानमा खुल्ला सिमाना रहेको जहाँ घाट संचालन भईरहेका कारण अझै राजस्व चुहावट हुने गरेको स्थानियको भनाई रहेको छ । सत्ती भन्सार कार्यालय खक्रौलाले प्रहरीले पक्राउ गरेको सामान लिलाम गरिएता पनि बिगत ४र५ बर्ष देखि पुरस्कार बाफतको १ करोड भन्दा बढी रकम बितरण गर्न नसकेकोले दिनहु प्रहरीहरुले गुनासो गर्ने गरेका छन ।























