विज्ञापन

बर्दियामा २० हजारभन्दा बढी किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप लगाइने

Image

गुलरिया/ बर्दिया जिल्लामा २० हजार ६२४ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बर्दिया का अनुसार आगामी २२ माघदेखि ६ फागुनसम्म खोप अभियान सञ्चालन गरिनेछ।

महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले ११ देखि १४ वर्षसम्मका किशोरीहरू लाई खोप लगाइनेछ। विशेषगरी,

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू

विद्यालय बाहिर रहेका ११ देखि १४ वर्षका किशोरीहरू

स्वास्थ्य कार्यालयका अनुसार, १९ हजार ४९० जना विद्यालयमा अध्ययनरत छात्रा र १ हजार १३१ जना विद्यालय बाहिरका किशोरी लाई खोप दिइनेछ।

बर्दिया जिल्ला अस्पतालका प्रमुख डा. सुभाष पाण्डे ले यो खोप कुनै नयाँ नभइ विगतदेखि नै आवश्यक परेपछि किनेर लगाइँदै आएको सुरक्षित खोप भएको बताए।

पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे ले संघसंस्था र स्थानीय तहसँग सहकार्य गरेर गएमा खोप अभियान अझ प्रभावकारी बन्ने बताए।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (WHO) बाट प्रमाणित यो खोप १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी संक्रमणबाट सुरक्षित गर्न अभियान सञ्चालन गर्न लागेको हो।

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै हदसम्म कम गर्ने भएकाले, यस अभियानले बर्दियाका किशोरीहरूको स्वास्थ्य सुधारमा ठूलो योगदान दिने विश्वास गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन