टीकापुर, माघ १६ / टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा दुई दिने थारु सांस्कृतिक तथा माघि मिलन कार्यक्रम गरेको छ । नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद टीकापुर ८ धनसिंहपुरले बटनपुरमा दुई दिने थारु सांस्कृतिक तथा माघि मिलन कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डागौंरा थारुले टीकापुर देशकै सम्भवन बोकेको ठाउँ भएकाले यो क्षेत्राको टीकापुर पार्क, विभिन्न सांस्कृतिक, भेषभुषाले, पर्यटन प्रबर्द्धनमा सहायोग गर्ने र विकासमा सहायोग गर्ने बतानुभयो । उहाले समय परिवर्तन सगै नया पुस्ताको भविष्य निर्माणमा लाग्नुपर्ने बाताउनुभयो। उहाले सामुदायमा झगड गरेर सामाज नबन्ने भएकाले प्रतिस्पर्धा गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यसकालागि समन्वय गरेर सबैलाई मिलाएर लैजानुपर्ने बताउनुभयो।
टीकापुर नगरपालिका वडा नम्बरको ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले टुक्रे राजिनतीले समाज नबन्ने भएकाले अबका दिनमा जातिय, क्षेत्रिय राजनिति गर्न नहुने बताउनुभयो। उहाले स्थानिय सरकारले सबै जाति समुदायलाई समेटेर माघि मिलन, घांसे मेला जस्ता कार्यक्रम गरेको बताउनु भयो ।
वडा न. ९ का वडा अध्यक्ष लौटन चौधरीले टीकापुर नगरपालिका बसोबास गर्ने सम्पुर्ण सामुदायलाई सांस्कृतिक कार्यक्रमले एउटै ठाउँमा ल्याउन सहयोग गरेको बाताउनु भयो । नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद ८ नम्बर वडा अध्यक्ष जितराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष लालवीर चौधरी, टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, कांग्रेस नेता शेरबहादुर साउद, नेकपा एमाले नेता मिनबहादुर कठायत, नेकपा माओवादिका नगर अध्यक्ष धनसिंह साउद लगायतले बोल्नुभएको थियोे ।























