
बर्दिया अहिले महोत्सवमय भएको छ, चारै तिर माघको चहलपहल छ । महोत्सवमा व्यापारीहरु व्यापार गर्नमा व्यस्त छन भने महोत्सव हेर्न आउने पनि आफ्नै धुनमा छन। यस्तो जाडोमा एकजना शिक्षक यो ससांरको मोहमाया बाट पर भएर समाजको लागि केहि गर्न सके त्यहि नै वास्तविक कमाइ हो भनेर लागेका छन। महोत्सवमा उनले आफू सित यहा राखिएको पुरानो कपडा एवं पुस्तक चाहिए लानुहोस्, घरमा नचाहिए त्यसै थन्किएको भए दिएर जानुहोस् भन्ने गरेका छन। अहिले उनको सो स्टलमा थुप्रै किताबहरू जम्मा भइसकेका छन र कसै लाइ पनि सो स्टलमा भएका कुनै किताब प्रयोगमा आउने भए सित्तैमा लैजान सक्ने र यदि घरमा प्रयोगविहीन किताब छ भने यहा छोडेर जान सकिने छ ,तपाइले छोडेको पुस्तकहरु अरुले पढ्ने र केहि सिक्ने छन। यसै गरी यहा कपडा पनि सकंलन हुदै गएको छ। आफुलाई नचाहिने कपडा यहा छोडेर जाने र चाहिएको लिएर जान सकिन्छं।
यो स्टलको आर्को बिशेषता पनि छ त्यो हो आयुर्वेदिक औषधिको जानकारी। हो शिक्षक शिव कोइराला आयुर्वेदिक जडिबुटी मा दखल राख्ने व्यक्ति भएकाले उनले हाम्रो वरिपरि भएका झारपात र रुख बिरुवा लाइ कसरी औषधि को रुपमा प्रयोग गर्न सकिन्छ र रोग लागेर औषधोपचार गर्न तर्फ लाग्नु भन्दा रोग नै नलाग्न दिने बिधी बारे बताउँछन्। “दुबोले आखा लाइ फाइदा गर्छ, तुलसीको सेवनले स्वास्थ्यका कैयौं समस्या समाधान हुन्छ ‘ उनले थपे ,” मह, गाइको ध्यु नियमित खानाले स्वास्थ्य राम्रो हुन्छ।” पछिल्लो समयमा मानिसको आहार बिहार ठिक नभएर मानिसले दुख पाएको उनको बुझाइ छ।
पौष ९ गते सम्म बर्दिया राजापुर महोत्सव चल्ने छ ,त्यसपछि राजापुर नगरपालिका मा मेयर कप खेलकुदको आयोजना हुने ठाउमा यस्तै प्रकारको स्टल लगाउने योजना रहेको उनले बताए । पुराना किताब एवं कपडा धेरै सकंलन भएर राजापुरमा त्यसको खपत नभए त्यसलाइ धनगढी, नेपालगन्ज वा कोहलपुर को कपडा बैंकमा दिने उनको योजना रहेको छ।
किताब एवं कपडा बैंकमा हाल सम्ममा स्कुले छात्र छात्रा बाहेक कसैले पनि सहयोग नगरेको र कोइ आएर स्वेच्छाले जोडिन चाहे सबैलाइ स्वागत भएको उनले बताए।
शिव कोइराला पेसाले सरकारी जागिरे हुन। उनि राजापुर नगरपालिका वडा नं -९ स्थित नेपाल राष्ट्रिय मा.वि मा अध्यापन गराउछन। माघको रमझममा उनि पनि हराउन सक्थे। उनि घरै बसेर सामाजिक सञ्जालमा लामो लामो राष्ट्रबादी भाषण लेख्न सक्थे वा “साथीहरुसँग पिकनिक मा रमाउदै”भनेर सेल्फी फोटो हाल्न सक्थे तर उनको चेतनाले यसो गर्नुको साटो सो बिदाको समयलाइ सामजिक कार्यको लागी उपयोग गर्न प्रेरित गर्यो । उनि सित अहिले उनले पढाउने विधालयका बिधार्थी हरु जोडिएर सहयोग गरी रहेका छन। जाडोमा कपडा नभएकाले कपडा पाउने छन, पढ्न रुचि राख्ने तर पुस्तक नहुनेले पुस्तक पाउने छन ।























