विज्ञापन

बर्दिया राजापुर महोत्सव सुरु

Image

राजापुर,माघ १ / राजापुर महोत्सव २०८१ एक औपचारिक कार्यक्रम बिच सुरुवात भएको छ । लुम्बिनी प्रदेशकम पुर्व मुख्यमन्त्री डिल्ली चौधरीको प्रमुख आतिथ्यमा सुरुभएको महोत्सवमा कपडा, जुत्ता, मशिनरी, खानपिन लगायतका स्टलहरु छन भने बालबालिकालाइ लोभ्याउने बाल उद्यान पनि छ ।

‘समृद्ध बर्दियाको प्रमुख आधार,कृषि, पर्यटन, व्यापार, संस्कृति र पुर्वाधार’मुल नाराका साथ पौष २९ गते सोमबार देखि महोत्सव सुरु हुने भएको हो । उद्योग वाणिज्य संघ राजापुरको आयोजना र जिल्ला प्रशासन कार्यालय बर्दियाको संरक्षकमा महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

राजापुर भन्सार चोक देखि दक्षिण सरस्वती सामुदायिक खेल मैदानमा महोत्सव लागेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, स्थानीय उत्पाद प्रदर्शनी, थारु कला संस्कृति र थारु परिकार आकर्षण रहने आयोजकले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन