टीकापुर / कैलालीको धनगढीबाट आधा किलो अवैध सुन सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन ।
आज बिहान ११ बजेको समयमा विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप(महानगरपालिका वडा नं ०३ ट्राफिक चौराह स्थितबाट चालक भारत पलियाकला खिरी बस्ने बर्ष ४४ को दिपक गुप्ताले चलाएको भारतीय नम्बर प्लेट UP32JV9200 भएको कारलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडी भित्र राखिएको ज्याकेटको खल्तीमा लुकाई छिपाई राखेको जम्मा शुद्ध तौल ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका काटिएका टुक्रा थान(२ सहित भारत उत्तर प्रदेश मोहला बजार (२ पलियाकला खिरी बस्ने बर्ष ४४ को दिपक गुप्ता र बर्ष ३४ को सुमित बर्मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
निजहरूबाट सुन जस्तो देखिने पदार्थ टुक्रा थान २ शुद्व तौल ५४९.२०० ग्राम ,Lenovo ल्याप्टप थान १, Realme र Redmi मोबाईल थान २ ,नेपाली नगद रु ४४,८१०।( भारतीय मुद्रा रु. १,२८०।)
र UP32JV9200 नम्बर प्लेट भएको Suzuki कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिएका छन ।
विज्ञापन

आधा किलो अवैध सुन सहित २ जना भारतीय नागरिक पक्राउ

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













