टीकापुर / कैलालीको टीकापुरमा ब्यवशाय शुरु तथा सुधार सम्बन्धि दुई दिने पुनः ताजगी तालिम सम्पन्न भएकाे छ । दिगाेबिकास समाज भजनीकाे अायाेजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सहयाेगमा संचालन भएकाे तालिमकाे समापन कार्यक्रम संस्थाका उपाध्यक्ष गिता चाैधरीकाे अध्यक्षतामा भएकाे थियाे । समापन कार्यक्रममा सहभागी का तर्फबाट गाेमा चाैधरी र सन्ताेष बि कले अाफ्ना धारणा राखेका थिए ।उनीहरुले दुई दिने तालिमबाट ब्यवशाय संचालन गर्नमा सहयाेग पुग्ने बताए । समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष गिता चाैधरीले याे तालिमबाट सिकेका कुरा दैनिक जिवनमा प्रयाेग गरि सफल ब्यवशायि बन्न शुभकामना लिनु भएकाे छ । तालिममा सफल उद्ममीका गुण,अवसरकाे पहिचान, ब्यवशाय गर्दा हुने कमजाेरी, चुनाैति र समाधानका उपायका बारेमा जानकारी दिईएकाे थियाे । ब्यवशायिक याेजना, बित्त याेजना, खर्च लगायतका बिषयबस्तु माथि छलफल सहित तालिममा जानकारी दिईएकाे दिगाेबिकास समाज भजनीका फिल्ड सुपरभाइजर प्रेमराज पाण्डेले जानकारी दिएका छन ।दुई दिन सम्म संचालन भएकाे तालिममा चन्द्र महरा र मिना जाेशीले सहजिकरण गरेका थिए । समापन कार्यक्रमकाे संचालन दिगाेबिकास समाज भजनीका कर्मचारी खुशिराम चाैधरीले गरेका थिए ।























