विज्ञापन

अबैध लागू औषध सहित ३ जना प्रहरीको नियन्त्रणमा

Image
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान

टीकापुर/ कैलालीको टीकापुरमा अबैध लागू औषध सहित ३ जना प्रहरीको नियन्त्रणमा परेका छन । ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट सयुक्तरुपमा खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा न ९ खक्रौला चेक पोष्टबाट लागुऔषध सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मंगलबार दिउसो ३ बजे जिल्ला कैलाली, टीकापुर न।पा।९ खक्रौला स्थित प्रहरी चेक पोष्ट अगाडी मुख्य सडकखण्डबाट भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको अवस्थामा टीकापुर नपा वडा न १ बनगाउँ बस्ने बर्ष २३ को शिबम थापामगर र बर्ष २७ को बिकाश चौधरीलाई खानतलासी गर्दा ७ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पक्राउ परेका दुबै जना माथि सोधापुछ तथा अनुसन्धान गर्दा टीकापुर १ बस्ने बर्ष २७ को बिज्ञान शाहीले लागू औषध खैरो हेरोईन खरिद गरी ल्याउन पठाएको भनि बताएकोले शाही सहित उक्त पदार्थ र निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन