विज्ञापन

सत्ती कर्णाली सामुदायिक वनको ३१ औ बार्षिक साधारण सभा सम्पन्न

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहको ३१ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जित राम चौधरीको अध्यक्षता भएको बार्षिक साधारण सभा मा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथी रहेका थिए भने बिशिष्ठ अतिथीमा टीकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने र ६ का वडा अध्यक्ष बलीराम चौधरी र वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहको १ करोड ३५ लाख ५७ हजार बराबरको कारोबार गरेको बार्षिक आय ब्यय बनका लेखापाल मैनकला घर्तिले प्रस्तुत गरेका थिए ।सामुदायिक वनले प्रत्येक बर्ष जेहेन्दार बालबनरालिका लाई छात्रबृति र शैक्षिक सामग्री बितरण गर्ने गर्दछ सोही अनुसार यस बर्ष पनि २१ जना जेहेन्दार बालबालिकालाई छात्रबृति र शैक्षिक सामग्री बितरण गरेको छ । त्यसै गरि आफ्नो सेवा क्षेत्रका१५७ जना जेष्ट नागरिकलाई पानी तताउने ईलेक्ट्रीक केतली बितरण गरेको छ ।कार्यक्रममा उपभोक्ताको तर्फबाट जगत ठकुल्ला , सामुदायिक रेडियो टीकापुर एफएमका स्टेसन मेनेजर एकेन्द्र तिमिल्सेना ,भानु सामुदायिक पुस्तकालय सत्तीका अध्यक्ष मनिराम ढुङ्गाना ,नेपाल रेडक्रस सोसाईटी नारायणपुरका सभापति धनसरी कोईराल, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, सामुदायिक वनका पुर्व अध्यक्ष धनसिह साउद,साबिक धनसिहपुर गाबपसका पुर्व अध्यक्ष जंग बहादुर साउद लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले कर्णाली नदीले सामुदायिक बन क्षेत्र कटान तिब्र हुने गरेकोले सो क्षेत्रमा तटबन्धका लागि जोडदार माग गरेका छन । सामुदायिक वनको साधारण सभाका प्रमुख अतिथी टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिरहेको र नगरपालिका तथा स्थानिय स्तरको बजेटले सम्भव नभएकोले प्रदेश सरकार र संघिय सरकारको समेत सहयोग आवश्यक रहेकोले संघिय स्तरका राजनिति दलका प्रतिनिधिको समेत ध्यान आकर्षण गराउनका लागि सबै लाग्नु पर्ने बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन