टीकापुर / कैलालीको टीकापुर स्थित एक सहकारी संस्थामा मंगलबार राती चोरी भएको छ । टीकापुर नगरपालिका वडा न ८ बटनपुर स्थित दिगो बिकास बचत तगा ऋण सहकारी संस्था मंगलबार राती ताल्चा तोडेर चोरी भएको छ । चोरले सहकारीको ढोकाको ताल्चा तोडेर काउन्टरमा रहेको खुद्रा रुपैया चोरी गरेको र अन्य कुनै पनि नोक्सान नगरेको सहकारी संस्थाका अध्यक्ष गोबिन्द कठायतले जानकारी दिएका छन । चोरले सहकारी संस्थाका कम्प्युटरमामा पनि कुनै नोक्सान नपुगाएको र काउन्टरमा रहेको खुद्रा रुपैया १० हजार ७ सय ८० रुपैया मात्रै चोरि भएको सहकारी संस्थाका ब्यवस्थापक तारा साउदले बताउनु भयो । सहकारी चोरी सम्बन्धि प्रहरी चौकी कालाकुण्डालाई जानकारी गराईएको र प्रहरीले चोरी सम्बन्धि अनुसन्धान अगाडि बढाएको प्रहरी चौकी कालाकुण्डाका प्रमुख बिशन भट्टले बताए ।
विज्ञापन

टीकापुरको सहकारीबाट राती ताला तोडेर १० हजार चोरी

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













