विज्ञापन

खुल्ला अन्तर वडा फुटवल,भलिवल र कबड्डी प्रतियोगितामा राम्रो प्रर्दशन गरेका खेलाडीहरुलाई सम्मान

Image

राजापुर नगरपालिकामा दिपावली एंव छठपर्वको पुर्वसन्ध्यामा सञ्चालन गरिएकोनगर स्तरी खुल्ला अन्तर वडा फुटवल,भलिवल र कबड्डी प्रतियोगितामा राम्रो प्रर्दशन गरी पदक प्राप्त गरेका खेलाडीहरु एवं टिम व्वस्थापकलाई सम्मान गरेको छ ।

कार्तिक ११ गते देखी सञ्चालन भएको खेलमा पुरुष एंव महिलाको फुटबल, भलिबल र कबड्डी खेल समावेश गरिएको थियो ।

पदम कुमारी मा.बि. जयपुरको प्रागणमा सञ्चालन भएको खेलमा पुरुष तर्फ फुटबलमा वडा न. ८ले वडा न. २ लाइ हराउदै बिजेता भएको थियो भने महिला कबड्डीमा वडा न. ९ लाइ हराउदै प्रथम भएको थियो ।
यसै गरी वडा न. ८को टिम पुरुषतर्फको भलिबलमा दोस्रो र महिला फुटबलमा तेस्रो भएको थियो ।
४ दिन सम्म चलेको टुर्नामेन्टमा वडा न. ८बाट महिला कबड्डीमा अश्वनी चौधरी, पुरुष फुटबलमा बिमल तिमिल्सीना र पुरुष भलिबलमा सुरज थारु टुर्नामेन्टकै उत्कृष्ट खेलाडी भएका थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन