विज्ञापन

कर्णाली नदीमा बेपत्ता युवकको शब भेटियो

Image

टीकापुर / कर्णाली नदीमा नुहाउन गएका युवाको शब आज शुक्रबार एक हप्ता पछि फेला परेको छ ।

टीकापुर नगरपालिका वडान ७ सत्तीका एक युवक दिपावली मनाउन लागि घर आएका बेला कर्णाली नदीमा बगेर १७ गते देखि बेपत्ता रहेका थिए ।बेपत्ता रहेका चौधरीको शब आज सत्ती घाट पुल भन्दा करिब ५०० मिटर दक्षिणमा रहेको टापुमा अडकिएको अवस्थामा फेला परेको प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर चन्दले जानकारी दिनु भएको छ । शबलाई प्रहरी मुचुल्का उठाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाउने तयारी भईरहेको बताउनु भयो ।भाइटिकाको लागि आएका बिशाल चौधरी १७ गते देखि नदिमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

२२ बर्ष का बिशाल चौधरी नजिकैको सत्ती कर्णाली सामुदायिक बनसङ्गै रहेको कर्णाली नदिमा आफु सहित ४ जना साथी संगै नुहाउन गएका बेला बेपत्ता भएपनि अन्य ३ जना साथिहरु भने सकुशल घर फर्केका थिए ।
१७ गते २ बजेतिर घरबाट आफु लगायत ४ जना साथी सङ्गै कर्णाली नदिमा नुहाउन गएका बिशाल चौधरी ३ बजेको समयमा नदिमा बेपत्ता भएका थिए ।
चौधरी अबिवाहित हुन् उनको घरपरिवार मा ११ जनाको परिवार रहेका छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन