विज्ञापन

नगर स्तरिय खुल्ला अन्तर वडा खेल प्रतियोगिता समापन

Image

राजापुर नगरपालिकामा दिपावली तथा छठ पर्वको पुर्व सन्ध्यामा सञ्चालन गरेको नगर स्तरिय खुल्ला अन्तर वडा खेल प्रतियोगिता को समापन गरिएको छ ।

कार्तिक ११ गते देखी सञ्चालन भएको खेलमा पुरुष र महिलाको फुटबल, भलिबल र कबड्डी खेल समावेश गरिएकोे थियो ।
पदम कुमारी मा.बि. जयपुरको प्रागंणमा सञ्चालन भएको खेलमा पुरुष तर्फ फुटबलमा वडा न. ८को टिम ले वडा न. २ लाइ हराउदै बिजेता भएको छ, भलिबलमा वडा न ६ले वडा न. ८लाइ हराउदै बिजेता भएको छ, र कबड्डीमा वडा न. ९ले ४लाइ हराउदै बिजेता बनेको छ ।

यसै गरी महिलातर्फको फुटबलमा वडा न. ५ले वडा न. १लाइ हराउदै बिजेता बनेको छ, भलिबलमा वडा न. १ले ५ लाइ हराउदै बिजेता बनेको छ र कबड्डी मा वडा न. ८ले वडा न. ९लाइ हराउदै बिजेता बनेको छ ।
पुरुष तर्फ फुटबलमा १०वटा टिम, भलिबलमा ८ वटा टिम र कबड्डीमा ७वटा टिमले भाग लिएका थिए भने महिला तर्फ फुटबलमा ५,भलिबलमा ६ र कबड्डीमा ६ टिमले सहभागीता जनाएका थिए ।
फुटबल, भलिबल र कबड्डीमा प्रथम हुने पुरुष र महिला टिमले २५००० द्धितिय हुने टिमले १५००० र तृतिय हुने टिमले १२००० पुरुस्कार प्राप्त गरेको राजापुर नगरपालिकाका मेयरका स्वकिय सचिव सनिप रिजालले जानकारी दिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन