टीकापुर / कैलालीको टीकापुर स्थित सत्ती भन्सार कार्यालय खक्रौला परिसरबाट चोरी मोटरसाईकल भेटिएको छ । आईतबार राती भन्सार कार्यालय खक्रौला परिसरबाट नै चोरी भएको मोटरसाइकल पुरानो भन्सार नजिक झाडिमा भेटिएको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरक्षक बिशन दत्त भट्टले जानकारी दिएका छन । शनिबार राती भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेको कपडा सहित ७ वटा मोटरसाईकल शसस्त्र प्रहरीको ब्युरो टोलीले पक्राउ गरेको थियो सोहि ७ मोटरसाईकल मध्येको भे १० प ९९१ नम्बरको मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चारी भएको बारे जिल्ला प्रशासन कार्यालय कैलाली , ईलाका प्रहरी कार्यालय टीकापुरमा समेत जानकारी गराई सकेको थियो । भन्सार परिसरको सिसि टिभि फुटेज हेर्दा करिब १.३० बजे राती चोरी भएको र सिसिटिभि फुटेजमा ३ जना देखिएको भएता पनि ५/६ जनाको समूह हुन सक्ने अनुमान गरिएको छ । भन्सारको सुरक्षामा शसस्त्र प्रहरी गेटमा २४ सै घण्टा डिउटी रहेको हुन्छ । शसस्त्र प्रहरीको भन्सार गेटमा डिउटी र ५० मिटर नजिक नेपाल प्रहरीको चेक पोष्ट रहेको स्थानबाटै भन्सार परिसरको मोटरसाईकल चोरी हुदा सबै जना अचम्मित भएका छन ।
























