विज्ञापन

माेहना नदीमा एक युवक मृत फेला

Image

टीकापुर / कैलालीको भजनी नगरपालिका वडा न ३ कुसुमघाट स्थित माेहना नदीमा बुधबार एक युवक मृत फेला परेका छन ।स्थानियले माछा मार्ने क्रममा उक्त लास देखेका थिए । ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक लाेकराज जाेशीका अनुसार मृतकाे साथबाट टीकापुर नगरपालिका वडा न १ सम्झना ठेगाना रहेकाे प्रकाश बिश्वकर्मा नाम गरेकाे राहादानी फेला परेकाे जनाएका छन । मृतककाे लास पाेष्टमार्टमका लागि भजनी स्थित प्राथामिक स्वास्थ्य केन्द्रमा पठाएको जनाईएकाे छ । समाचार तयार पारुन्जेल सम्म मृतकका अाफन्त सम्पर्कमा काेही नअाएकाेले सम्पर्कमा अाउन समेत अनुराेध गरिएकाे छ । यस बिषयमा भजनी प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन