मान बहादुर ठकुल्ला,टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा पढाइ मेला संचालन भएको छ । कर्णाली माध्यमिक बिद्यालय सत्तीको आयोजना तथा वल्र्डभिजन ईन्टरनेशनल नेपाल र बिकासका लागि एक्यवद्धता (यार्ड) धनगढीको साझेदारीमा पढाइ मेला संचालन गरिएको हो । टीकापुर नगरपालिका वडा न ६,७,८ र ९का सामुदायिक र निजि बिद्यालयका बालबालिका लाई लक्षित गरेरपढाई मेला आयोजना गरिएको बिकासका लागि एक्यवद्धता (यार्ड) धनगढीका फिल्डअफिसर कल्पना चौधरीले जानकारी दिएकिछिन ।

आधारभुत तहका बालबालिकाहरुको पढाइ प्रतिको सचेतना अभिबृदि गर्न, स्वअध्ययनका लागि अभिप्रेरित गराई पढ्ने बुझ्ने, सिक्ने संस्कृतिको बिकास गराउने उदेश्य का साथ पढाई मेलाको आयोजना गरिएको आयोजक बिद्यालयका प्रधानाध्यापक जगबिर शाहले बताएका छन ।साथै पढाइ मेलाले स्थानिय श्रोत साधनको प्रयोग गरि शैक्षिक सामग्री निर्माण गर्नमा सहयोग समेत पुग्ने समेत शाहले बताएका छन ।पढाइ मेलामा टीकापुर नगरपालिका वडा न ६ देखि ९ सम्मका १७ बिद्यालयको सहभागितामा रहेको थियो ।साथै सोही कार्यक्रममा पढाइ प्रतियोगिता समेत संचालन गरिएको थियो ।जस अन्तरगत छात्रा तर्फ सेती मैयाँ चौधरी माबि झुङ्गाकी श्रृष्टी चौधरी प्रथम, कर्णाली माबि सत्तीकि रोशनी ठकुल्ला दितिय र नोबेल पब्लिक स्कुल सत्तीकी कृति तिमिल्सिना तृतिय भएकी थिईन । त्यसै गरि छात्र तर्फ सेती मैयाँ चौधरी माबि झुङ्गाका असिम चौधरी प्रथम, कालिका ईङ्गलिस स्कुल नारायणपुरका शौरभ खडका दितिय र त्रिभुवन माबि सतीका यश ओड र नोबेल पब्लिक स्कुल सत्तीका बिरेन्द्र साउँद तृतिय भएका छन ।























