विज्ञापन

राजापुर बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

Image

पुरुसोत्तम खनाल/ बर्दियाको राजापुर नगरपालिका वडा नं.४ मा रहेको राजापुर बहुद्देश्य सहकारी संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आ व २०७९÷०८०को आर्थिक विवरण पारितसँगै महत्वपूर्ण निर्णय गर्दै आफ्नो स्थापनाको १९औ वार्षिक साधरण सभा भव्य रुपमा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष भगवानदास थारुको सभाध्यक्षतामा आयोजित वार्षिक साधारण सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै वडाध्यक्ष विदुर पोख्रेलले नगरभरको सहकारीको क्षमता विकासका लागि नगर पलिकाले विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गर्दै आएको, उद्देश्य मिल्ने सहकारीलाई मर्जका लागि उत्प्ररित गरिरहेको वताउनु भएको छ । सहकारी स्थापनाको मुख्य उद्देश्य नाफामूलक भन्दा पनि सेवामूलक हुनु पर्ने भन्दै सहकारीले मल विक्रि वितरण गर्दा ध्यान दिनु पर्ने वताउनु भएको थियो । स्थानीय सरकार वडा कार्यालय नगरभरको सहकारी विकास गर्दै स्थानीयको आर्थिक जीवन स्तर माथि उठाउने कार्यमा सधै सकारात्मक रहेको भन्दै नगरपालिकासँग समन्वय गर्न पनि अनुरोध गर्नु भएको थियो ।

संस्थाले आ व संस्थाले आ व २०७९÷०८० मा कुल कारोवारमा करिब २ लाख नाफा गरेको आर्थिक विवरण कोषाध्यक्ष डोलराज आचार्यले गर्नु भएको थियो । निवर्तमान अध्यक्ष यदुमणि गौतम माधव र बर्दिया उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष चन्द्रश्वर शर्मा सुवेदीले संस्थाले अझे धेरै सेवामुखी हुँदै कारोवार बढाउनु पर्ने धारणा सहित सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाकी उपाध्यक्ष विमला जिसीले सम्पूर्ण अथितिहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाका व्यवस्थापक भरत चौधरीले संस्थाको प्रगति प्रदिवेदन र आ व २०८० ÷०८१ को अनुमानित आय व्यय समेत प्रस्तुत गर्नु भएको थियो । सभाध्यक्ष थारुले संस्थाका २३२ सदस्यहरुलाई संबोधन गर्दै सबै शेयर धनीले संस्थाको विकासका लागि सकारात्मक सल्लाह र सुझाव दिएको र आगामी दिन पनि यस्तै सल्लाह सुझाव दिएर संस्थाको विकासमा सहयोग गर्न अनुरोध गर्दै सभा समापन गर्नु भएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन