टीकापुर / कैलालीको टीकापुरमा ३ महिने सिलाईकटाई तालिमकाे एक कार्यक्रमका बिच समापन गरिएकाे छ । टीकापुर नगरपालिका वडा न ७ काे अार्थिक सहयाेगमा संचालित ३ महिने सिलाई कटाई तालिमकाे समापन गरिएकाे छ । टीकापुर नगरपालिका वडा न ७ काे अार्थिक बर्ष २०८१/२०८२ काे स्वीकृत कार्यक्रम मार्फत वडा भित्रका दलित तथा अतिविपन्न महिलाहरुका लागि लेवल टु सिलाई कटाइ तालिम संचालन गरिएकाे वडा सचिब कमला पाेख्रेलले जानकारी दिनु भएकाे छ ।दलित तथा अतिविपन्न महिलाहरुका लागि लेवल टु सिलाई कटाइ तालिम समापन कार्यक्रम टीकापुर नगरपालिका वडा न.७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे सभापतित्वमा भएकाे कार्यक्रममा सहभागिहरुकाे तर्फबाट बविता कुमारी साउद, प्रशिक्षक अाशाराम चाैधरी वडा सदस्य कैलाशपति चाैधरी लगायतले शुभकामना मनतब्य राखेका थिए । वडा सदस्य राज कुमार चाैधरी काे स्वागत मनतव्य संगै शुरु भएकाे समापन कार्यक्रम टीकापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेले सहभागिहरु सिकेकाे सिपलाई ब्यवहार उतार्नु पर्ने बताउदै स्थानिय सरकारले बिपन्न तथा दलित महिलाहरुका सवालमा सदैव सचेत रहि काम गर्ने गरेकाे बताए ।दलित तथा अतिविपन्न महिलाहरुका लागि लेवल टु सिलाई कटाइ तालिममा वडाका विभिन्न समदायका २० जना महिलाहरुकाे सहभागिता रहेकाे थियाे ।
विज्ञापन

दलित तथा अतिविपन्न महिलाहरुका लागि लेवल टु सिलाई कटाइ तालिम समपन्न

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













