विज्ञापन

बेत फर्निचर तालिमको ४५ दिने कार्यक्रम सम्पन्न

Image

टीकापुर/ टीकापुर नगरपालिका वडा नं। ७ मा स्थित नेपाल मै बेत बाँसले परिचित सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्तालाई आयमुलक कामका साथै आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरेको बेत बासका फर्निचर निर्माण सम्बन्धि ४५ दिने सिपमुलक तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जितराम चौधरीको अध्यक्षता भएको समापन कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपने रहनु भएको थियो भने बिशिष्ठ अतिथिमा टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओड रहनु भएको थियो ।

सामुदायिक वनका उपाध्यक्ष मन्जु चौधरीको स्वागत मनतब्यसंगै शुरु भएको समापन कार्यक्रम मा वनका लृखा समिति संयोजक बिरेन्द्र शाह , सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टोप बहादुर केसी , भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना लगायत आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बिशिष्ठ अतिथिकने आसनबाट टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले सामुदायिक वनले विभिन्न गैरसरकारी संघसंस्थासँगको समन्वयमा होस् वा आफ्नै स्रोतले होस् उपभोक्ताको व्यावसायिक क्षमता विकास आत्म निर्भर बनाउने काम गर्दै आएको छ। खासगरी बेत बाँसका कारण निकै प्रख्यात सामुदायिक वनको प्रमुख स्रोत पनि त्यहीँ बेत हो । वनले बर्सेनि लाखौंको बेत बाँस बिक्रि मात्रै गर्दैन, आफ्ना उपभोक्तालाई बेत बाँसका सामग्री निर्माणका लागि तालिम सञ्चालन गरेर दक्ष रुप आत्मनिर्भर बनाई आयमुलक काम गर्न सक्ने बनाउनमा जोड दिदै आएकोमा ब्यवशायिक रुप कसरी बढाउन सकिन्छ भन्ने कुरा तिर ध्यान दिनु पर्ने बताउनु भयो ।

सामुदायिक वनले ३३ जनालाई बेत बाँसका फर्निचर बनाउने तालिम दिएको छ । वनले वैशाख ३ गतेबाट बेत बाँसको फर्निचर बनाउने तालिम सञ्चालन गरेको थियो।
उनका अनुसार सीप सिकेको व्यक्ति सहजै व्यवसायसँग जोडिन सक्नेछ भने रोजगारीका लागि पनि अवसर छ । तालिम सकिएपछि सोही क्षेत्रमा रहेको तिलगंगा बेत बाँस फर्निचर उद्योगले जति पनि जनशक्ति खपत गर्न सक्ने बताउँदै आएको छ । “समुदाय वनका उपभोक्तालाई आत्मनिर्भर बनाउनका लागि वनले विभिन्न समयमा यस्ता तालिम सञ्चालन गर्दै आएको छ ।” अध्यक्ष चौधरीले भने, “अहिलेसम्म सयौंले तालिम लिइसकेका छन् भने त्यसमध्ये केही रोजगारीमा पनि जोडिएका छन् ।”

प्रमुख अतिथका रुपमा रहेका टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने ले बजारमा बेत बाँसमा फर्निचरहरुको माग निकै छ । माग अनुसार उत्पादन गर्न सकिएको छैन जसले गर्दा सीप सिकेका हरुले व्यवशाय संचालन गरि जिविकोपारणजन गर्न सक्ने बताउदै यश सिपलाई निरन्तरता दिनु पर्ने बताए ।उसो त बेत बाँसको फर्निचर बनाउने तालिम स्थानीय सरकारले पनि सञ्चालन गर्दै आएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिका भित्रका कार्यालयमा बेत बाँसको फर्निचर प्रयोग गर्ने भने अनुरुप आफ्नो कार्यकक्षमा कार्यान्वयन शुरु गरेका छन भने टीकापुर नगरपालिका वडा नं ७ मा पनि वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले पनि आफ्नो कक्षमा बेत बासका फर्निचर प्रयोगमा ल्याएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन