विज्ञापन

खक्रौलाबाट लागुऔषध सहित बर्दिया राजापुरका एक युवक पक्राउ

Image

टीकापुर /  कैलालीको टीकापुर नगरपालिका वडा न ९ खक्रौलाबाट लागुऔषध सहित बर्दिया राजापुरका एक युवक पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले भारत बाट नेपाल आउदै गरेको अवस्थामा चेक पोष्ट खक्रौलाबाट आज दिउसो करिब २ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बर्दिया जिल्ला राजापुर नगरपालिका वडा न १ का २७ बर्षिया सुमन चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले चलाएको भे १३ प ८२७ नम्बरको मोटरसाईकलको दायाँ पट्टिको ऐना भित्र लुकाइ ल्याईरहेको अवस्थामा अन्दाजी १ ग्राम लागुऔषध सहित पक्राउ गरिएको जनाएको । निजलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन