विज्ञापन

भन्सार कार्यालय परिसरबाटै मोटरसाईकल चोरी

Image

टीकापुर / कैलालीको टीकापुर स्थित सत्ती भन्सार कार्यालय खक्रौला परिसरबाट मोटरसाईकल चोरी भएको छ । आईतबार राती भन्सार कार्यालय खक्रौला परिसरबाट नै चोरी भएको भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले जानकारी दिए । शनिबार राती भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेको कपडा सहित ७ वटा मोटरसाईकल प्रहरीले पक्राउ गरेको थियो सोहि ७ मोटरसाईकल मध्येको भे १० प ९९१ नम्बरको मोटरसाईकल चोरी भएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभएको छ । मोटरसाईकल चारी भएको बारे जिल्ला प्रशासन कार्यालय कैलाली , ईलाका प्रहरी कार्यालय टीकापुरमा समेत जानकारी गराई सकेको बताए । भन्सार परिसरको सिसि टिभि फुटेज हेर्दा करिब १स्३० बजे राती चोरी भएको र सिसि टिभि फुटेजमा ३ जना देखिएको भएता पनि ५र६ जनाको समूह हुन सक्ने अनुमान गरिएको छ । भन्सारको सुरक्षामा शसस्त्र प्रहरी गेटमा २४ घण्टा डिउटी रहेको हुन्छ । शसस्त्र प्रहरीको भन्सार गेटमा डिउटी र ५० मिटर नजिक नेपाल प्रहरीको चेक पोष्ट रहेको छ । प्रहरीकै अगाडीबाट भन्सार परिसरको मोटरसाईकल चोरी हुदा सबै जना अचम्मित भएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन