
टीकापुर / कैलालीको टीकापुर बाट ६ लाख रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली नेपाल लिँदै गरेको कपडा सशस्त्र प्रहरीले बुधबार बरामद गरेको छ ।
टीकापुर नगरपालिका–८ बन्जरिया इलाकाबाट सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो मा कार्यरत सशस्त्र प्रहरी निरिक्षक लाेकेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ६ लाख रुपैयाँ बराबरको कपडा र कपडा बाेक्न प्रयोग भएको अटो बरामद गरेको छ ।
बरामद गरेको कपडामा कुर्ता सुरुवाल र सर्टिङ सुटिङ रहेको जानकारी प्राप्त भएको छ । भे १ ह २४४८ नम्बरको अटो र कपडा गरि करिब १० लाख रुपैयाँको रहेको बताइएको छ ।
पक्राउ गरेको अटो र कपडा कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्राैलामा पठाइएको जनाईएकाे छ ।
विज्ञापन

भन्सार छलेर ल्याइएको करिब ६ लाख बराबरको कपडा बरामद

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













