टीकापुर / सत्ती कर्णाली सामुदायिक वन नेपालकै सबैभन्दा बढी बेत उत्पादन हुने र आम्दानीकाे श्राेत नै बेत रहेकाे छ । सामुदायिक बनले बार्षिक लाखाैकाे बेत बिक्री गर्ने गरेकाे छ । गत बर्ष ६० लाख बराबर बेत बिक्री बाट आम्दानी गरेकाे थियाे भने करिब एक महिना अगाडि १४ लाखमा बेत लिलाम बढाबढ प्रकृियाबाट बिक्रि गरेकाे छ । १२ सय काे हाराहारीमा उपभाेक्ता रहेका छन । यस सामुदायिक वनले बार्षिक कराेडाैकाे काराेबार गर्दै आइ रहेकाे छ । उक्त सामुदायिक वन ३१७ हेक्टरमा फैलिएकाे छ भने बेत १५८ हेक्टर क्षेत्रफलमा रहेकाे सामुदायिक वनका सचिब ठकुल्लाले जानकारी दिएका छन । टीकापुर नगरपालिका वडा ७ सत्ती स्थित यस सामुदायिक वनको मुख्य आम्दानीको श्रोत बेत नै रहेकाे र चार वटा प्लटमा बिभाजन गरेर सत्ती कर्णाली सामुदायिक वनमा बेत उत्पादन गरिदै आएको छ । एक वर्षमा एक प्लटको मात्र बेत काटेर बजारमा पठाउने यो सामुदायिक वनले ठूलो क्षेत्रफलमा बेत उत्पादन गरिरहेको छ । उनले चार वटा प्लट छुट्याएर बेत उत्पादन भइरहेको बताउदै वर्षमा एक प्लट मात्र बेत काट्ने गरेको बताए । यो वर्ष चार नं प्लटको बेत काट्ने काम भइरहेको ठकुल्लाले जानकारी दिए । उनले हालसम्म दुई हजार क्विन्टल काचो बेत काटेर सुकाउन राखेको बताउदै सुकिसकेपछी उक्त बेत सात सय क्विन्टल भएको बताए । चार नं प्लटमा ६ हजार ४४६ क्विन्टल काचो काचो बेत उत्पादन हुने ठकुल्लाले जानकारी दिए । बेत काटेर सुकाउन राखेपछि ६५ प्रतिशतसम्म सुक्ने गरेको समेत उनले जानकारी दिए । सामुदायिक वनमा उत्पादन हुने बेत मध्ये अधिकांश भारतीय बजारमा निर्यात हुने गर्दछ । बेतका विभिन्न सामाग्री बनाउन केही मात्रामा मात्रै स्थानीय बजारमा जाने भए पनि धेरै भारतमा निर्यात हुने गरेको छ । सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले यो वन बेत उत्पादनका हिसाबले नेपालमै पहिलो सामुदायिक वन भएको बताए । उनले फाट्टफुट्ट केही मात्रामा अन्यत्र बेत उत्पादन हुने गरे पनि प्राकृतिक रुपमा र ठूलो क्षेत्रफलमा यहाँ मात्र बेत उत्पादन हुने गरेको दाबी गरे । अध्यक्ष चौधरीले वनले बेतबाट राम्रै आम्दानी गरिरहेको भन्दै यसैबाट केही स्थानीयले रोजगारी पनि पाएको बताए ।सामुदायिक वनले सामाजिक सेवामा पनि लगानि गरिरहेका छ । दिर्घराेगीहरुलाई एक पटक ५ हजार बराबर नगद सहयाेग गर्द छ भने उपभोक्ता परिवारका सदस्यकाे मृत्यु भएमा अन्तिम संस्कारका लागि मसान घाट सम्म नि शुल्क दाउरा पुगाई दिने गरेकाे छ ।सामुदायिक वनले यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिनका लागि एम्बुलेन्स सेवा संचालन गर्दै अाईरहेकाे छ भने शिक्षा क्षेत्रमा उत्कृष्ट बिद्यार्थी लाई शैक्षिक सामग्री र छात्रबृति समेत दिदैअाईरहेकाे छ।
विज्ञापन

सत्ती कर्णाली सामुदायिक वनकाे आम्दानीकाे श्राेत बेत उत्पादन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन













