७ फागुन, गुलरिया (बर्दिया) । बर्दियामा एकै गाँउका स्थनियहरु फुड प्वाईजनका कारण विरामी परेका छन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ मा रहेको गर्भु टोलका करिब १ सय २० भन्दा बढी स्थानिय बासिन्दाहरुलाई विरामी परेको जनाइएको छ ।
फागुन ४ गतेका दिन ४१ जनाको समुहले दांगको चखौरा स्थित थारु संग्राहलय घुमघामका लागी गएका थिए । साँझ घर बाटै खाना पकाएर लगेका तिनीहरु भोली पल्ट दाँग पुगी दिउँसो सोही खाना खाएको स्थानिय बाल कुमारी चौधरीले बताइन । बचेको खाना साँझ फर्किएर पुन घरमा खाएका हुन । खाना खाएको केही समयमा सवैलाई पेट दुख्ने, बान्ता हुन सुरु भएको उनले भनिन् । उनीहरु बाट घरका आफन्तलाई समेत संक्रमण फैलिएको र ४१ जना बाट अरुलाई सर्दै गएको मधुवन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतले बताए ।
विरामीहरु मध्ये ५१ जना विरामी बर्दिया अस्पताल गुलरियामा उपचाररत रहेको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभास पाण्डेले जानकारी दिए । उनका अनुसार अहिले विरामीहरु सवैजनाको सामाजिक सेवा इकाईमा रहेको विपद् कक्ष मार्फत उपचार भइरहेको बताए । उनिहरुको अवस्था अझै पनि खतरामुक्त हुन नसकेको पाण्डेले सुनाए । स्थानियले खाएको खानामा फुड प्वाइजन भइ विरामी परेको हुन सक्ने आंकलन गरिएको छ । १ जना विरामी बच्चालाई थप उपचारका लागी नेपालगंज लगिएको छ भने बाँकी विरामीहरुको उपचार मधुवन नगर अस्पतालमा भइरहेको वडा अध्यक्ष बस्नेतको भनाई छ ।( churekunj)























