विज्ञापन

नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

मान बहादुर ठकुल्ला टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा पढाइ मेला संचालन भएकाे छ । कर्णाली माध्यमिक बिद्यालय सत्तीकाे अायाेजना तथा वल्र्डभिजन ईन्टरनेशनल नेपाल र बिकासका लागि एक्यवद्धता (यार्ड) धनगढीकाे साझेदारीमा पढाइ मेला संचालन गरिएकाे हाे । टीकापुर नगरपालिका वडा न ६,७,८ र ९का सामुदायिक र निजि बिद्यालयका बालबालिका लाई लक्षित गरेरपढाई मेला अायाेजना गरिएकाे बिकासका लागि एक्यवद्धता (यार्ड) धनगढीका फिल्डअफिसर कल्पना चाैधरीले जानकारी दिएकिछिन ।

अाधारभुत तहका बालबालिकाहरुकाे पढाइ प्रतिकाे सचेतना अभिबृदि गर्न, स्व अध्ययनका लागि अभिप्रित गराई पढ्ने बुझ्ने, सिक्ने संस्कृतिकाे बिकास गराउने उदेश्य का साथ पढाई मेलाकाे अायाेजना गरिएकाे अायाेजक बिद्यालयका प्रधानाध्यपक जगबिर शाहले बताएका छन ।साथै पढाइ मेलाले स्थानिय श्राेत साधनकाे प्रयाेग गरि शैक्षिक सामग्री निर्माण गर्नमा सहयाेग समेत पुग्ने समेत शाहले बताएका छन ।पढाइ मेलामा टीकापुर नगरपालिका वडा न ६ देखि ९ सम्मका १७ बिद्यालयकाे सहभागितामा रहेकाे थियाे ।साथै साेही कार्यक्रममा पढाइ प्रतियोगिता समेत संचालन गरिएकाे थियाे ।जस अन्तरगत छात्रा तर्फ सेती मैयाँ चाैधरी माबि झुङ्गाकी श्रृष्टी चाैधरी प्रथम, कर्णाली माबि सत्तीकि राेशनी ठकुल्ला दितिय र नाेबेल पब्लिक स्कुल सत्तीकी कृति तिमिल्सिना तृतिय भएकी थिईन । त्यसै गरि छात्र तर्फ सेती मैयाँ चाैधरी माबि झुङ्गाका असिम चाैधरी प्रथम, कालिका ईङ्गलिस स्कुल नारायणपुरका शाैरभ खडका दितिय र त्रिभुवन माबि सतीका यश अाेड र नाेबेल पब्लिक स्कुल सत्तीका बिरेन्द्र साउँद तृतिय भएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन