विज्ञापन

टीकापुरमा केरा थामकाे रेसा उत्पादन कार्य शुरु

Image

मान बहादुर ठकुल्ला, टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ मा केरा थामकाे रेसा उत्पादन कार्य शुरु भएकाे छ । वडा न ८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले केराकाे थामकाे रेसा उत्पादन शुर गरेकाे हाे । दिगाेबिकास समाज भजनी र धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे संयुक्त लगानीमा केराकाे थामकाे रेसा उत्पादन शुरु गरिएकाे सहकारी संस्थाका ब्यवस्थापक रामकृष्ण चाैधरीले जानकारी दिएका छन ।

दिगाे बिकास समाज भजनी काे २ लाख र सहकारी संस्थाका २ लाख गरि ४ लाख लगानीमा शुरुवात गरिएकाे सहकारी संस्थाका अध्यक्ष बिक्रम चाैधरीले जानकारी दिएका छन ।हाल केरा बाट निकालिएकाे रेसा काठमाडौंमा बजारिकरण गरिने जनाएकाे छ । पछि रेसाबाट स्थानिय स्तरमा नै विभिन्न किसिमका तालिम संचालन गरि गुन्द्री , चकटी हाते झाेला टाेपी लगायतका सामग्री निर्माण गरिने जनाएकाे छ । मेसिनकाे उद्घघाटन गर्दै टीकापुर नगरपालिका वडा न ८ का वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्लाले टीकापुर क्षेत्र केरा पकेट क्षेत्र रहेकाे केरा उत्पादन पश्चात् केराका थाम त्यतिकै खेर फाल्ने गरेकाेले त्यसकाे पनि उपयाेग हुने यस कार्य प्रशंसा गरेका छन।

भिडियो समाचार तलको लिकंमा छ—

विज्ञापन
विज्ञापन
विज्ञापन