विज्ञापन

सशस्त्र र नेपाल प्रहरीद्वारा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास सम्पन्न

Image

बर्दिया, जेष्ठ २९ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण मुख्यालय अन्तर्गत सशस्त्र प्रहरी गुल्म कण्ठपुर बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरको आयोजना तथा बढैयाताल गाउँपालिकाको समन्वयमा नागरिक सहभागितामूलक विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।

बढैयाताल गाउँपालिका–६ मैनापोखरमा आयोजित कार्यक्रममा ग्यास सिलिण्डरबाट हुन सक्ने आगलागी तथा अन्य विपद्का घटनाबाट कसरी सुरक्षित रहने, प्रारम्भिक नियन्त्रण कसरी गर्ने तथा आफू र परिवारलाई कसरी जोगाउने भन्ने विषयमा व्यवहारिक अभ्यास प्रदर्शन गरिएको थियो।

कार्यक्रममार्फत स्थानीय समुदायलाई विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा जोखिम न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो। कृत्रिम अभ्यासमार्फत आगलागीको अवस्था सिर्जना गरी सुरक्षाकर्मीले नियन्त्रण प्रक्रिया प्रदर्शन गरेका थिए।

कार्यक्रममा बढैयाताल गाउँपालिका विपद् व्यवस्थापन समितिकी संयोजक लक्ष्मीकुमारी अधिकारी, वडा नं. ६ का अध्यक्ष शुकराज सापकोटा, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म मुख्यालय कण्ठपुर बर्दियाका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र पाल, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट जमुनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापा, विपद् व्यवस्थापन फोकल पर्सन रमेश पौडेल, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय विपद् व्यवस्थापन समितिका सदस्य, स्थानीयवासी, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बी–ग्रुपको आर्थिक सहयोग रहेको थियो। बी–ग्रुपको सहयोगमा बढैयाताल गाउँपालिका भित्र विपद् व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस प्रकारका अभ्यासले समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुनुका साथै सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन