विज्ञापन

बढैयातालमा निःशुल्क महिला प्रजनन स्वास्थ्य शिविर, २५० भन्दा बढी महिला लाभान्वित

Image

बढैयाताल | ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बढैयाताल गाउँपालिकामा आयोजना गरिएको एक दिने निःशुल्क महिला प्रजनन स्वास्थ्य शिविरबाट स्थानीय महिलाहरु लाभान्वित भएका छन्।

स्वास्थ्य शाखा र बढैयाताल गाउँपालिकाको आयोजनामा फागुन २९ गते प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा उक्त शिविर सम्पन्न भएको हो। केयर सिटी अस्पताल, नेपालगञ्ज बाँकेसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा स्त्रीरोग विशेषज्ञ डा। राजन महतसहितको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।

शिविरमा विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा देखिने प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको परीक्षण गरिएको थियो। आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसक्ने महिलाहरुलाई लक्षित गरी महिला दिवसको अवसरमा यस्तो शिविर आयोजना गरिएको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिएका थिए। साथै पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको विशेष परीक्षण, भिडियो एक्स–रे तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

बढैयाताल स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलका अनुसार शिविरबाट गाउँपालिका भित्रका २५० जना भन्दा बढी महिलाहरु लाभान्वित भएका छन्।

शिविरको उद्घाटन गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले स्वयं सेवा लिएर शुभारम्भ गर्नुभएको थियो

विज्ञापन
विज्ञापन
विज्ञापन