दाङ, २७ मंसिर । दाङको लमहीमा फेरि गोली चलेको छ। लमही नगरपालिका–५ रातो डाँडास्थित रोयल प्यालेस होटलमा शनिबार बिहान करिब ११:३० बजे गोली चलेको हो।
गोली लागेर होटलमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय दाङले होटलबाट एक थान अवैध हतियार (पेस्तोल) बरामद गरेको जनाएको छ।
प्रहरीले हाल होटललाई सिल गरेर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। गोली कसले र किन चलायो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






















