विज्ञापन

राजापुरमा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको अवस्था बुझ्न स्थलगत अनुगमन

Image

राजापुर /  बर्दियाको राजापुर नगरपालिकामा अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूको अवस्था बुझ्न स्थलगत अनुगमन गरिएको छ। अनुगमन राजापुर नगरपालिकाको आयोजना, एक्सन एडको आर्थिक सहयोग र कमैया महिला जागरण समाज नेपालको समन्वयमा सम्पन्न गरिएको हो।

अनुगमन टोलीमा राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरी, वडा नं। ६ का अध्यक्ष एवम् नगर प्रवक्ता असराज न्यौपाने, वडा नं। २ का अध्यक्ष रामचन्द्र चौधरी, योजना शाखा प्रमुख रमेश पोख्रेल, महिला बालबालिका शाखा प्रमुख अनिता चौधरी, सुनिता चौधरी, कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र चौधरी, बोर्ड समिति सदस्य रिमा थारु, सामाजिक परिचालक शैलेन्द्र मजगैंया, प्रेम कुमारी थारु, सरस्वती चौधरी तथा स्थानीय बरघरहरूको सहभागिता रहेको थियो।

सो क्रममा टोलीले उखु फार्ममा काम गर्ने मजदुर र मालिकहरू, भौतिक निर्माण क्षेत्रमा कार्यरत मजदुर र साइट सुपरभाइजरहरूलाई भेटी उनीहरूको समस्या सुनेको र सुझाव संकलन गरेको छ। मजदुरहरूले मास्क र सुरक्षा उपकरणको अभाव, हाजिरी कार्ड नपाउनेजस्ता समस्या बताएको टोलीले जनाएको छ।

उपप्रमुख चौधरीले मजदुरहरूको हकहित र स्वास्थ्य सुरक्षामा संवेदनशील रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिँदै, मजदुरहरूलाई पनि आफ्नो अधिकार र सुरक्षाप्रति सचेत हुन आग्रह गर्नुभयो।

अनुगमन टोलीले धुवा–धुलोबाट जोगिन आवश्यक मास्क र सुरक्षात्मक सामग्रीको उपलब्धता सुनिश्चित गर्न तत्काल कदम चालिने जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन