धोबिनपुर/ विश्व वातावरण दिवसको अवसरमा राजापुर नगरपालिका वडा नम्बर ८ मा वृक्षारोपण गरिएको छ । हरित इको भेञ्चर्स प्रा.लि. को आयोजनामा वृक्षारोपण गरिएको हो ।
वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाईदै आएको छ । कम्पनीका संचालक निगम बाबू कोइरालाले वातावरण संरक्षणतर्फ सानो कदम चाल्दै ठूलो परिवर्तन ल्याउने विश्वासका साथ हरित इको भेञ्चर्सले यो अभियान अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाको सहकार्यमा अन्य विभिन्न स्थानहरूमा पनि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रम अन्तर्गत बेलौती, लिची र गुलमोहर जातका बोटबिरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रमले भविष्यमा पर्यावरणीय सन्तुलन कायम गर्न र हरित क्षेत्र विस्तारमा टेवा पुग्ने विश्वास व्यक्तगर्दै वडा अध्यक्ष राजेश थारुले हरित इको भेञ्चर्सप्रति आभार प्रकट गर्नुभयो । उहाँले यस्तो सकारात्मक प्रयासले समुदायमा वातावरणप्रति चेतना फैलाउन सहयोग पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।























