विज्ञापन

राजापुर नगरपालिका वडा न. ६ लाइ पुर्ण सरसफाइ वडा घोषणा गर्नका लागी सरोकार वालाहरुको हातेमालो

Image

खानेपानि, सरसफाइ तथा स्वच्छता क्षेत्र मानव विकास र जनस्वास्थ्य सगं प्रत्यक्ष सरोकार भएको एक महत्वपुर्ण क्षेत्र हो । नेपालको सविंधानको धारा ३० को उपधारा १ ले स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने र धारा ३५ को उपधारा ४ले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुचलाइ नागरिकको मौलिकहकका रुपमा प्रत्याभुत गरेको छ तसर्थ राजापुर नगरपालिका वडा न. ६ लाइ पुर्ण सफाइ युक्त घोषणा गर्ने गरी तयारी तिव्र पारिएको छ । वडालाइ पुर्ण सरसफाइ युक्त घोषणा गर्नु पुर्व चाहिने तयारीको समिक्षा एवंम् आवश्यक समिति गठन गरिएको छ । वडा नै ६ मा यस पुर्व ५ वटा टोलमा समिती गठन गरी सो समितिले स्वच्छता सम्बन्धि काम गरी रहेको र बाकी बचेका ८ वटा टोलमा समिती गठन भएको राधा कृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरवाइजर रेनु चन्द ले बताइन ।


इसरी टोलमा गठन भएको समितिमा ९ जना छन र सो समितिले आफ्नो टोलमा भएको सरसफाइको मुल्यांकन, अनुगमन र आवश्यक परे राम्रो काम गर्न निर्देशन समेत गर्ने छन । वडामा भएका १३ वटै कमिटीले मापदण्ड पुरा गर्ने गरेको पाइएपछि वडा लाइ पुर्ण सरसफाइ युक्त वडा घोषणा गरिने छ ।
प्लान इन्टरनेशजल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले राजापुर नगरपालिकामा शशक्त बालिका परियोजना सचांलन गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन