विज्ञापन

बेपत्ता भएको ७ महिनामा घर फिर्ता

Image

राजापुर, जेठ २९ / राजापुर नगरपालिका वडा न. ३ सेन्द्रा घर भएका २ जना बालकहरु हराएको ७ महिनामा पछि सकुसल घर फर्किएका छन । २०८० साल मसिंर ११ गते घरबाटै खेल्दा खेल्दै हराएका उनिहरु एक्कासी भारतको राजधानी दिल्लीमा भएको सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त भएको थियो ।
उनिहरु दिल्लीमा भएको पुुष्टी भएपछि स्थानिय सरकारले उनिहरुलाइ झिकाउन का लागी कुटनितिक पहल शुुरु गरेता पनि उनिहरुलाइ नेपाल फर्काउन ७ महिना लागेको छ ।
सोमवारका दिन किन इन्डिया नामक सस्थाका कर्मचारीले उनिहरुलाइ पालिकामा हस्तांतरण गरेका छन ।
भारतको कानुन बालबालिकाको विषयमा अति सवेंदन भएकाले प्रक्रिया पुरा गर्नका लागी यत्तिका समयलागेको किन इन्डियाका प्रतिनिधिले बताए ।
७ महिना पछि नेपाल फर्किएका बालकहरुलाइ उनिहरुको स्वास्थ्य चेकजाच गरेर अभिभावकको जिम्मा लगाइएको छ ।

(नोटः भेटिएका बच्चाहरु नाबालिक भएकाले उनिहरुको पहिचान गोप्य राखिएको छ ।)

विज्ञापन
विज्ञापन
विज्ञापन