
गुलरिया/ बर्दियामा नेपाल प्रेस युनियनको ३४औं वर्षगाँठ दीप प्रज्वलन गरी मनाईएको छ ।
स्थापना दिवसको अवसरमा जिल्लाको सदरमुकाम गुलरियामा रहेको राधाकृष्ण चोकमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष दिपकलाल श्रेष्ठले युनियन स्थापना भएको मिति, स्थापना दिवस मनाउनुको उद्देश्य तथा युनियनले सञ्चारकर्मीहरूको हकहित, तालिम, रचनात्मक गतिविधि लगायतका क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिनुभयो। उहाँले स्वतन्त्र, जिम्मेवार र सुरक्षित पत्रकारिताका लागि युनियनले निरन्तर पहल गरिरहेको बताउनुभयो ।
सोहि अवसरमा पृथ्वी होटल व्यवसायी संघ पोखराको टोली पनि ुपोखरा जाऔं, प्रकृति सँग रमाऔं ’ भन्ने मूल नारासहित कार्यक्रममा सहभागी भएको थियो ।
संघका अध्यक्ष अमृत घिमिरेले पोखरा भ्रमण बर्ष २०२५ लाई सफल बनाउन पर्यटन प्रवर्द्धनका लागि संघका पदाधिकारी तथा होटल व्यवसायीहरूले विशेष छुटसहित सेवा उपलब्ध गराउँने जानकारी दिनुभयो। उहाँले पर्यटकहरूलाई खान, बस्न, घुम्न र रमाउनका लागि छुट सुविधासहित पोखरा आमन्त्रण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
नेपाल प्रेस युनियनको स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।























