जोतपुर, माघ १७ / नमुवा थारु गोत्यार समाजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा न. २, जोतपुरमा भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष हरीराम चौधरीले गर्नु भएको थियो भने उद्धघाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्नु भएको थियो ।
प्रमुख अतिथि तिमिल्सिनाले गोत्यार सम्मेलनले एकताको सन्देश दिएको बताउदै आउने दिनहरुमा पनि यसरी एकजुट भएर सस्कृति सरंक्षणमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि एंव राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले गोत्यार सम्मेलनले गर्दा नचिनेका गोत्यारहरुलाई भोटहुने र चिन्ने मौका जुराइदिने हुनाले यसलाई सबैले अवसरका रुपमा लिनु पर्ने बताउनु भयो
नमुवा थारु गोत्यार समाज देश भरी छरिएर रहेका नमुवा थारुहरुको साझा सस्था हो र यो सस्था २०८० सालमा कैलाली जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाजका अगुवा छप्पु चौधरीले जानकारी गराउदै बुधवार राजापुरमा भएको कार्यक्रममा बर्दिया सहित बाके, कैलाली, कञ्चनपुर र दाङ्ग लगायतका जिल्लाहरुबाट ठुलो सख्यामा नमुवा थारुहरुको उपस्थिति रहेको बताउनु भयो ।

सो अवसरमा नमुवा समाजका लागी योगदान दिएकोमा राजापुर ४ निवासी सर्जु प्रसाद थारु लगायतका बृद्धहरुलाइ र एस.ई.ई.मा राम्रो अकं ल्याइ उर्तिण हुने विद्यार्थीहरुलाइ सम्मान गरिएको कार्यक्रमका सयोंजक एवं राजापुर नगरपालिका वडा नं २ का निर्वतमान अध्यक्ष धरणीधर चौधरीले बताउनु भयो ।
























