टीकापुर/ कैलालीको टीकापुर प्रहरीले लागुऔषध सहित एक जना युवनलाई पक्राउ गरेको छ । शनिबार ५.३० बजे ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटि गएको प्रहरी टोलीले टिकापुर नगरपालिका वडा नं ०९ बालुवाटार स्थित सडक खण्डबाट जानकी गाउँपालिका वडा नं ०९ पुर्व खैरीफाँटा बस्ने बर्ष २० को निरज जैसीलाई लागू औषध सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । निज जैसीले चलाएको से ६ प ९०६३ नम्बरको मोटर साईकललाई शंका लागि निजको शरीर तथा मोटरसाईकल चेकजाँच गर्दा निजले चलाएको मोटरसाईकलको पछाडीको दुबै साईडको ईन्डिकेटर भित्र लुकाई, छिपाई राखेको ७ ग्राम २६० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेलापारी सो मोटरसाईकल लाई समेत रितपुर्बक बरामद गरी निज निरज जैसीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
विज्ञापन

लागुऔषध (खेरो हेरोईन) सहित १ जना पक्राउ

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन












