काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त(सीके) राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलमा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको बताएका हुन् ।

सीके राउत जनमत पार्टी
उनले आफूहरूलाई कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।





















