विज्ञापन

गेरुवामा विविध कार्यक्रमसहित विश्व मत्स्य दिवस सम्पन्न

Image

गेरुवा / हरेक वर्ष नोभेम्बर २१ मा मनाइने विश्व मत्स्य दिवस यस वर्ष गेरुवा गाउँपालिकामा पनि विविध गतिविधिसहित मनाइएको छ। जलीय जलस्रोतको संरक्षण, जैविक विविधताको महत्व तथा मत्स्यपालन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याउँदै आएको भूमिकालाई स्मरण गर्दै शुक्रबार विशेष कार्यक्रम गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि थारु कल्याण कारीणी सभाका महामन्त्री मिनराज चौधरीले जलीय जैविक विविधताको संरक्षण एक्लै सरकारले गर्न नसक्ने भन्दै निजी क्षेत्र, गैरसरकारी संस्था र तीनै तहका सरकारबीच मजबुत समन्वय बनेमा मात्र स्थानीयको आय–आर्जन पनि उकासिने बताए। उनले नदी–ताल तथा जलस्रोतको दिगो उपयोग समुदायकै सक्रिय भूमिकासँग प्रत्यक्ष जोडिएको बताएका थिए।

त्यसैगरी, राजापुर नगरपालिका–१ की कोमल सोनाहाले पछिल्लो समय माछासहित जलीय जीवहरूको संख्या लगातार घट्दै गएको उल्लेख गर्दै अत्यधिक दोहन रोक्न सबै पक्ष एकमत हुनुपर्ने बताइन्। जलीय जीव नघट्ने वातावरण नबने आफ्नो क्षेत्रमा पारिस्थितिक सन्तुलन नै प्रभावित हुने उनको भनाइ थियो।

नेपाल जलीय जैविक विविधतामा अत्यन्तै समृद्ध देश मानिन्छ। तथ्यांकअनुसार देशभर २५२ प्रजातिका माछा पाइन्छन्, जसमा १६ प्रजाति नेपालमै मात्र भेटिने रैथाने माछा हुन्। यी प्रजातिको दीगो संरक्षणका लागि वैज्ञानिक व्यवस्थापन र सामुदायिक सचेतना बढाउनुपर्ने डब्लु डब्लु एफका आशिस कपालीले बताउनु भयो ।

जलीय जैविक विविधता संरक्षणमा नेपाल सरकार तथा डब्लुडब्लुएफ नेपालको समन्वयमा बेलायत सरकार अन्तर्गतको डार्विन इन्सिएटिभको आर्थिक सहयोगमा विगत तीन वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्र, साना स्तनधारी संरक्षण तथा अनुसन्धान केन्द्र तथा सोनाहा विकास समाजको साझेदारीमा बर्दियाको राजापुर र गेरुवा, कैलालीको टिकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका कर्णाली नदी तटीय समुदायमा परियोजना सञ्चालन भइरहेको सोनाहा बिका समाजका कार्यक्रम सयोंजक रत्न केसीले जानकारी दिनु भयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन