विज्ञापन

‘खप्तड गोल्डकप’ का संस्थापक सुरेश हमालको भारतमा उपचारका क्रममा निधन

Image

टीकापुर / कैलालीको भजनी नगरपालिका वडा न ५ निवासी तथा अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोलडकपका संस्थापक तथा सुदुरपश्चिम–११ स्पोर्ट्स क्लवका अध्यक्ष सुरेश हमालको उपचारका क्रममा निधन भएको छ । उहाँले नेपाली फुटबलमा एउटा इतिहास बनाउनमा ठुलाे याेगदान रहेकाे छ । अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोलडकपका संस्थापक तथा सुदुरपश्चिम–११ स्पोर्ट्स क्लवका अध्यक्ष हमालको उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ। सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन भएको छ । भारतमा उपचारको क्रममा बुधबार उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । हमालको दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेको थियो ।
उनको निधनसंगै सुदूरपश्चिम खेलकुद क्षेत्रले अभिभावक गुमाएको महसुस भएको छ । खेलकुदमा व्यवसायिकता र भविश्य खोजिरहेका युवाहरुका लागि हमाल आशाको केन्द्र थिए । हमालले सुदूरपश्चिम स्पोट्स क्लव मार्फत खेलाडीहरुलाई अवसर दिएका थिए । उनले वर्षैभरी खेलाडीलाई आफ्नै घरमा राखेर खाने, बस्ने र व्यवसायिक तालिमको व्यवस्था मिलाउने गर्थे ।


हमालले ‘खप्तड गोल्डकप’ को अवधारणा ल्याए र त्यसलाई छैटौं संस्करणसम्म सफलतापूर्वक आयोजना गर्न सफल भएका थिए । कलेजमा पढ्नका लागि धनगढी आएपछि उनले सुदूरपश्चिमको खेलकुदलाई आफ्नै कर्मक्षेत्र बनाए । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ मा जन्मिएका हमाल धनगढीमा बसोबास गर्दै आएका थिए । उनको एक छोरा र एक छोरी छन् । हमाल ४८ वर्षका थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन