
बर्दिया/ बिश्वभरीका मजदुरहरुले मई १ का दिनलाई मजदुर दिवसका रुपमा मनाउने गर्दछन । नेपालको सन्दर्भमा बि.स.२००७ सालमा बिराटनगरमा मजदुर आन्दोलन सगैं यो दिवस मनाउन थालिएपनि २०४६ सालदेखी यो दिवसमा सार्वजनिक विदा दिन थालिएको हो ।
नेपालको सविंधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागी उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभुत छ । बर्दियाको राजापुर नगरपालिकाले श्रमिक ऐन लागु गर्दे श्रमिक रजिष्ट्रेशन गरिसकेको छ ।सघिंय सरकारले बनाएको कार्यविधि र श्रम अनुगमन निर्देशिकामा टेकेर पालिकामा रोजगार सेवा केन्द्रबाट श्रमिकहरुलाई बिभिन्न सेवाहरु दिदै आएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए । “पालिकाले नियमित अनुगमन गरी नेपाल सरकारले तोकेको दररेट दिनका लागी निर्दैशन गर्दछ ।” वहाले दुखेसो पोख्दै भन्नु भयो, “कतिपय मजदुरहरुलाइ अभुमुखीकरण गर्दापनि दररेट भन्दा कममा काम गरेको पाइन्छ ।”
राजापुर नगरपालिकाले मजदुरको हकहित रक्षा गर्नका लागी सुरुवाती चरणमा सम्झौता गर्दा खेरी नै मजदुरको सुरक्षालाई मध्येनजर गर्दै अनिवार्य सर्तमा बिमा र कार्य पश्चात समयमा भुगतानीलाई प्राथमिकतामा राखेर काम गर्दे आएको प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बताउनु भयो । “मजदुरको ज्यालालाई प्राथमिकतामा राखेर काम गरीरहेका हुन्छौ, कदम कदाचित समयमा ज्याला नपाएको गुनासो आएमा न्यायिक समितिले तत्काल सम्बोधन हुने गरी काम गर्छ ।”
राजापुर नगरपालिका भित्र श्रमिकको अवस्था जान्नका लागी नियमित अनुगमन हुने गर्दछ । अनुगमनमा भेटिएका सकारात्मक पक्षलाई निरन्तरता दिइने गरेको र कमी कमजोरी लाई सुधार्नका लागी सम्बन्धित रोजगारदातालाई निर्देशन दिने गरेको रोजगार सेवा केन्द्रका प्रमुख रमेश पोख्रेलले जानकारी दिनु भयो ।
एक्सन ऐडको आर्थिक सहयोगमा कमैया महिला जागरण समाजले राजापुर नगरपालिकामा श्रमिकहरुको हकहितका लागी वकालत गर्दै आएको छ । बिभिन्न समयमा रोजगारदाताहरुबाट ठगिएका श्रमिकहरुलाई कानुनी उपचार गर्न सहजीकरण गदै आएको र हालसम्म ५० बढीलाई न्यायिक समिति मार्फत न्याय प्रदान गर्न सफल भएको कमैया महिला जागरण समाजका प्रोग्राम अफिसर रमेश चौधरीले बताउनु भयो ।
इट्टा भट्टामा काम गर्ने मजदुरहरुले तोकिएको दररेट भन्दा कम परिश्रमिक प्राप्त गर्दै आएकोमा पालिकाको नेतृत्वमा भएको अनुगमन पश्चात रोजगारदाताहरुले रकम बढाएका छन । यद्यपी जिल्ला दररेट निर्धारण समिति बर्दियाले चालु आ.व. २०८१।०८२ का लागी निर्धारण गरेको दररेट राजापुुर नगरपालिकामा पुर्ण रुपमा लागु भई नसकेपनि बिगतको तुलनामा सुधार हुदै गएको छ ।
आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै राजापुर नगरपालिकाले अनिवार्य रुपमा श्रमिक र रोजगारदाता बिच श्रम सम्झौता गर्ने, हाजिरी कार्डको व्यवस्था गर्नुको बिकल्प देखिदैन ।
श्रमिक अधिकारका बिषयमा संविधानमा लिपिबद्ध भएपनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ । तिनतहको सरकारले श्रमिकका मुद्दालाई प्राथमिकतामा राखेर काम गरेमा, श्रमिकका समस्या समाधान हुदै जाने थिए ।























