विज्ञापन

तिहारमा छैन रौनक, भारतिय बजार गुलजार

Image

राजापुर / तिहार नजिकिए सगैं गाउघरमा रौनक छाएता पनि बजार क्षेत्रमा व्यापार व्यवसाय नभएकाले सुनसान छ । पछिल्ला केही वर्ष देखी ठुला चाडपर्वमा पनि व्यापार व्यवसाय राम्रो नहुने क्रम यसवर्ष पनि दोहोरिएको छ । यही मौकामा सिमावर्ती भारतका बजार भने चम्किएका छन । दैनिक सयौको सख्यामा नेपालीहरु भरत गएर समान किनमेल गर्ने गरेको तर सरकारले यसलाइ रोक्न कुनेपनि कदम नचालेको स्थानिय व्यवसायीहरुको गुनासो छ ।

बर्दिया भारतसगं जोडिएको र राजापुर बाट कर्तनियाघाट र तिकुनिया पनि नजिकै भएकाले पनि स्थानियहरु त्यता तिर गइ किनमेल गर्ने गरेको राजापुरका व्यवसायीहरु बताउछन ।
भरतबाट १०० रुपैया भन्दा बढिको समान ल्याउन नपाउने भनिएता पनि दैनिक जसो ठुलो सख्यामा नेपालीहरु घरायसी समान ल्याउने गर्दछन जसले गर्दा पनि नेपाली बजारमा व्यापार कम हुने गरेको बाला बजार बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरी बताछन ।

बर्दियामा बलै बजार, कर्तनियाघाट लगायतका सिमावर्ती क्षेत्रबाट समान घरायसी प्रयोजनकालागी थोरै मात्रामा स्थानियहरुले ल्याउने गरेता पनि राजापुर क्षेत्रमा भने कैलालीको तिकुनिया बजार बाट समान आउने गरेको छ । घरायसी प्रयोजनका लागी समान ल्याउदा टाइट नगर्दा सम्म राजापुरको बजारमा चहलपहल नबढने बर्दिया उद्योग बाणिज्य सघंका अध्यक्ष केदार थापाको भनाइ छ ।

उपभोक्ताले जता सस्तो समान पाउछ त्यता गएर समान किन्नु स्वभाविक पनि हो। भरतिय बजारमा तुलनात्मा रुपले नेपाल भन्दा सस्तो समान पाउने गरेकाले पनि त्यसतर्फ नेपालीको आर्कषण हुने गर्दछ , यद्यपी भारतिय समानको ग्यारेन्टिमा भने बेला बेलामा प्रश्न उठ्ने गरेको हुन्छ ।
नेपाली लाइ नेपालको बजारमा समान किन्ने माहोल बनाउनका लागी सरकारले कर नितिमा सुधार गर्नुपर्ने र सुधार पछि भन्सारमा कडाइ गर्नुपर्ने देखिन्छ । यति गर्न सके नेपाली उपभोक्ता भारततर्फ जादैनन र नेपाली बजारमा चहलपहल बढ्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन